यस्तो छ गायक बेग रानाको तीजगीत ‘बरिलै’ (भिडियो सहित)

स्याङ्जा । लोकलोहोरी गायक बेग रानाको तीजगीत बजारमा आएको छ ।
रोजगारीको क्रममा जापानमा बस्दै आएका गायक रानाले तीजगीत ‘बरिलै’ आफ्नै युट्यूब च्यानलबाट बजारमा ल्याएका हुन् । उनी विगत तीन वर्षदेखि जापानमा बस्दै आएका छन् ।
‘बरिलै’मा स्वर गायक राना र गायिका मञ्जु लावतीको रहेको छ । लय र संगीत गायक रानाकै हुन् ।
गीतको म्यूजिक भिडियोको निर्देशन निसान एस.के., छायाँङ्कन् दीपक गिरी र सम्पादन अमृत चापागाँईले गरेका हुन् ।
म्यूजिक भिडियोमा दिनेश कठायत, पुजन घिमिरे लगायतको अभिनय (खेलेका) छन् ।
गीतको एरेञ्ज कृष्ण बि.क. को रहेको छ भने रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो ।
गीत परदेश गाएकी दिदीबहिनीको बारेमा बनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment