चिनियाँ राष्ट्रपतिद्वारा अफगानिस्तानका राष्ट्रपतिसँग फोन वार्ता

काठमाडौं, साउन १ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग फोन वार्ता गर्नुभएको छ । दुबै जनाबीच शुक्रबार बिहान फोन वार्ता भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ सञ्चारमाध्यम सिन्हवाले राष्ट्रपति चिनफिङ्गले अफगान राष्ट्रपतिसँग फोन वार्ता गर्नुभएको जनाएको छ । यद्दपी फोन वार्ताको बिस्तृत बिवरण भने अझै आइनसकेको उल्लेख गर्नुभएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बर्हिगमनपछि तालिबान बिद्रोहीले आक्रमण तीब्र गरेको छ ।
अफगानिस्तानको आन्तरिक द्वन्दको प्रभाब छिमेकीसहित एशियाली राष्ट्रमा समेत पर्ने भन्दै चीनले चिन्ता जनाउँदै आएको छ ।
गोरखापत्र अनलाइन
प्रतिक्रिया
Facebook Comment