गोली प्रहारबाट घाइते भएका डच पत्रकारको मृत्यु

काठमाडौं, साउन १ गते । गत साता गोली प्रहारबाट घाइते हुनुभएका नेदरल्याण्ड्सका पत्रकार पिटर डे भ्रेजको मृत्यु भएको छ । गत् जुलाई ७ मा एमस्टर्डममा उहाँमाथि गोली प्रहार गरिएको थियो ।

पिटरका एकजना आफन्तले एक बिज्ञप्ती जारी गरी अन्त्यसम्म संघर्ष गरेपनि उहाँ जित्न नसकेको बताएका छन् । ६४ वर्षीय पिटरको टाउकोमा गोली लागेको थियो । टेलिभिजनको एक कार्यक्रमबाट बाहिरिएपछि उहाँमाथि गोली प्रहार गरिएको थियो ।

पिटर एकजना अनुसन्धान पत्रकारिता गर्ने पत्रकारको छबी बनाउनुभएको थियो । उक्त घटनामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

Facebook Comment