वालिङका उपप्रमुख तिवारीलाई पितृशोक

स्याङ्जा, साउन १ गते । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । उपप्रमुखका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो । यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको आज बिहान हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ ।

स्वर्गीय तिवारीका वालिङ नगर उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीसहित दुई छोरी र तीन छोरा छन् । स्वर्गीय तिवारीको शवलाई आज नै रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिएको छ ।

यस्तै नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले शुक्रबार शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको कामनासहित शोककुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय तिवारीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेस स्याङ्जासहित वालिङ उद्योग वाणिज्य संघले शोकसभाको आयोजना गरेका थिए ।

प्रतिक्रिया

Facebook Comment