पुतलीबजारले गर्‍याे १४ कर्मचारीको बढुवा, २९ को ग्रेड बृद्धि

स्याङ्जा, असार १८ गते । पुतलीबजार नगरपालिकाका १४ जना कर्मचारीको बढुवा भएको छ । नगरपालिका भित्रका ४३ जना कर्मचारी मध्ये १४ जनालाई नगरकार्यपालिको निर्णयले बढुवा गरिएको हो । भर्खर सम्पन्न पालिकाको नवौ सभाले पारित गरेको कर्मचारी व्यस्थापन ऐन २०७८ अनुसार कर्मचारीको बढुवा गरिएको हो ।

यसैगरी नगरपालिकाले विभिन्न शाखाहरुमा कार्यरत २९ जनालाई ग्रेडबृद्धि समेत गरिएको छ । बढुवा हुनेहरुमा आठौं तह र सातौं तहमा १÷१ जना, छौटौं तहमा ३ जना र पाँचौं तहमा ९ जना कर्मचारीको वढुवा भएको छ ।

बढुवा हुने कर्मचारीहरु मध्ये आठौं तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छौटौं तहमा अरुण पौडेल, मनि राना र पोमनारायण पराजुली रहेका छन् ।
त्यस्तै पाँचौं तहमा बढुवा हुनेहरुमा राजेश पुरी, नरबहादुर पराजुली, दिपक जंग केसी, चन्द्रबहादुर कार्की, हरीलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासीनी, राजु रेग्मी र यमबहादुर मल्ल रहेका छन् । पाँचौं तहमा बढुवा हुनेहरु पुरी र पराजुली बाहेक अरु वडा कार्यालयका कर्मचारी हुन् ।

पालिकाले सात वर्ष देखी अधिक्तम १५ वर्ष सम्म सेवा अवधी पुगेका कर्मचारीहरुको वढुवा गरेको छ । त्यसैगरी लामो समय सम्म कार्यरत भै बढुवा हुन नसकेका कर्मचारीहरुको पनि ग्रेडवृद्धि गरेको हो । बढुवा र ग्रेडवृद्धि भएको कर्मचारीहरुले नगरपालिकाले आफूहरुको कार्य क्षमता र पालिकाले दिएको जिम्मेवारीको सही मुल्याङ्न गरेको बताए ।

बढुवा कर्मचारीहरुलाई बधाई कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख सीमाकुमारी क्षेत्रीले कर्मचारी र जनप्रतिनिधि जनता र राष्ट्रको सेवक भएको बताइन् ।

प्रतिक्रिया

Facebook Comment