मिर्मी क्याम्पसकाे प्रमुखमा पाण्डे नियुक्त

स्याङ्जा, असार ४ गते । मिर्मी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रामप्रसाद पाण्डे नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले क्याम्पसको प्रमुखमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

पाण्डेले स्थापना कालदेखि क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । पटक–पटक निमित्त क्याम्पस प्रमुखको भूमिका निर्वाह गरिसकेका पाण्डेले शुक्रबारदेखि क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् ।

मिर्मी क्याम्पस २०६२ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

Facebook Comment