समृद्ध नेपालकाे आधार-ग्रामीण विकास

सुख होस् या दुख अन्ततः मान्छेलाई गाउँ नै चाहिने रहेछ ।


आर्थिक वर्ष २०७६/७७ को लागि संसद्मा प्रस्तुत भएको बजेट अन्तर्गत “आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिंदै सहरी विकासको कार्यक्रम प्रस्ताव गरेको छु” भनी तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको “सहरी विकास कार्यक्रम”को प्रस्तवाना उपर आफ्नो धारणा राख्दै तत्कालीन सभासद् प्रदीप गिरीले ‘सहर’को ठाउँमा ‘गाउँ’ राखेर PURA अर्थात Provision of Urban Amenities to Rural Areas को सिद्धान्तलाई आत्मसाथ गर्दै ग्रामीण विकासको कार्यक्रम प्रस्ताव गर्नुभयो । सो घटनाक्रमसंगै नेपाली सामाजिक, आर्थिक र राजनीतिक वृत्तमा ग्रामीण विकास बारे सघन छलफलहरु भए पनि ठोस परिणाम आउन सकेन ।

के खरको छानामुनि प्रतिभा र सृजनाको जन्म हुँदैन ? वा गाउँमा सुविधासम्पन्न घर निर्माण हुनु हुँदैन ? विकासको मानक के भौतिक पुर्वाधार मात्रै हुन् त ? यदि यसो हो भने अचेल प्राय: जसो घरहरु पक्की बन्दैछ्न् , यही हो त समृद्धि ?

आज कोभिड-१९ (कोरोना भाइरस)का कारण बन्दाबन्दीको अवस्था सिर्जना भै गाउँ फर्किएको युवा जमात बीच फेरि यो प्रसंग विविध रुपमा उठान भएको पाइन्छ । कृषि, पशुपालन, व्यापार व्यवसाय, उद्योगधन्दा, फलफूल खेती वा घरापाईको जागिर यी यावत अवसर र चुनाैती बनेर । भूकम्प गयो, मान्छे गाउँ फर्किए, कोरोना भाइरस आयो, मान्छे गाउँ आए, दशैँ आयो, गाउँ आउने हतार । सुख होस् या दुख अन्ततः मान्छेलाई गाउँ नै चाहिने रहेछ ।

यसो हो भने गाउँ मै बस्ने अवस्थाको सृजना किन नगर्ने ? हाम्रो भौगोलिक, सामाजिक र सांस्कृतिक बनावटले पनि आखिर गाउँ नै खोजिराख्छ । अनि के भौतिक विकास मात्रै सबथोक हो त ? के खरको छानामुनि प्रतिभा र सृजनाको जन्म हुँदैन ? वा गाउँमा सुविधासम्पन्न घर निर्माण हुनु हुँदैन ? विकासको मानक के भौतिक पुर्वाधार मात्रै हुन् त ? यदि यसो हो भने अचेल प्राय: जसो घरहरु पक्की बन्दैछ्न् , यही हो त समृद्धि ?

हामीले विकासको अवधारणालाई साँगुरो बनाएका छौँ । वास्तवमा विकास भनेको चेतना हो जसले चुनाैतीका बिचमा अवसर, ज्ञान र सम्भावनाहरु उघार्छ । समृद्धि खरकै छानोमा पनि आउन सक्छ-पारिवारिक मेलमिलाप, शिक्षा-स्वास्थ, सम्झदारी, सरसफाइ, संस्कार,सहिष्णुता आदि आयामहरुले । एउटै घरमा वल्लो कोठा र पल्लो कोठा बीच चिनजान नहुने, तल मान्छे मर्दै गर्दा माथि भोज गर्ने सहर कसरी आधुनिक सभ्यताको मानक हुन सक्छ ? मानवीय समवेदनाको अन्त्य नै समृद्धि हाे, सभ्यता हो ? त्यसैले सहर सहर नभएर कहर हुन् ।

स्थानीय सरकारको निर्माण सँगै ग्रामीण विकास, ग्रामीण पर्यटनका नयाँ-नयाँ अवधारणा र कार्यक्रम आउँछ्न् भन्ने अनुमान थियो तर यसको ठिक विपरीत बजारउन्मुख कार्यक्रमहरु आउन थाले । सायद हाम्रो मानसिकता नै अचेल पूर्णत: सहरउन्मुख भएको हो। यसैको परिणाम हो पाखा पखेरामा कृषिको सम्भावना खोज्नुपर्ने ठाउँमा हामीले भ्युटावर निर्माण गर्यौँ ।

आधुनिक सभ्यताको वास्तविक मानक समृद्ध गाउँ हुन् । शिक्षा-स्वास्थ, बाटोघाटो , सिँचाइ, सूचना-सञ्चार यी पाँच कुराले जोडे मात्रै पनि हाम्रा गाउँ यसै समृद्ध बन्छन् । नेपालको जुन भौगोलिक अवस्थित र संरचना छ त्यसले हामीले कति वटा नै अत्याधुनिक सहर बनाउन सक्छौं र ? पहाड र हिमालमा उपयुक्त स्थान नै छैन्, मधेशमा बनाउँ भने एकतर्फ उब्जाउ जमिनको नास हुने अर्कोतर्फ खुला सिमा र हाम्रो भौगोलिक अवस्थिति र महत्वका कारण धेरै सहर भएमा कालान्तरमा सुरक्षा चुनाैती बढ्ने निश्चित प्राय: छ । साँस्कृतिक रुपमा हामी सम्पन्न छौँ । सहरमा कि त हाम्रा सँस्कृतिहरु नाश भैरहेछन् कि त मर्ज भएर असली अस्तित्व गुमाइरहेछ्न् । हेर्दा यी विषय सामान्य देखिएता पनि हाम्रो जस्तो साँस्कृतिक पर्यटनको ठूलो सम्भावना भएको मुलुकको लागि बडो चिन्ताको विषय हो ।

वातावरणिय दृष्टिकोणले पनि पृथ्वी कै अस्तित्व माथि प्रश्न खडा भैरहेको सन्दर्भमा समृद्ध सहर कदापि यसको विकल्प होइन, यसको एकमात्रै विकल्परहित विकल्प भनेकै हाम्रो गाउँले बसाई हो जो पूर्णत वातावरणमैत्री छन् । अष्ट्रेलिया जस्तो विश्व गन्तव्य र सम्पन्न मुलुकले समेत पिआरको लागि निश्चित समय गाउँ बस्नुपर्ने कानुन निर्माण गर्नुले समेत सहरको उपयुक्त विकल्प समृद्ध गाउँ रहेको सङ्केत गर्छ ।

विकास भनेको चेतना हो जसले चुनाैतीका बिचमा अवसर, ज्ञान र सम्भावनाहरु उघार्छ ।

स्थानीय सरकारको निर्माण सँगै ग्रामीण विकास, ग्रामीण पर्यटनका नयाँ-नयाँ अवधारणा र कार्यक्रम आउँछ्न् भन्ने अनुमान थियो तर यसको ठिक विपरीत बजारउन्मुख कार्यक्रमहरु आउन थाले । सायद हाम्रो मानसिकता नै अचेल पूर्णत: सहरउन्मुख भएको हो। यसैको परिणाम हो पाखा पखेरामा कृषिको सम्भावना खोज्नुपर्ने ठाउँमा हामीले भ्युटावर निर्माण गर्यौँ । ग्रामीण पर्यटनको ठाउँमा रेस्टुरेन्ट, बार, रिसोर्ट, क‌ंक्रिट बगैंचाको सम्भावना देख्यौं । मान्छे किन घुम्छ ? किन भ्रमण गर्छ ? उ यसकारण घुम्छ कि उसले नयाँ कुराको अनुभव गर्न पाओस् । आफ्नै देशमा हुने बार, रेस्टुरेन्टको मजा लुट्न लाखौं खर्चेर नेपाल किन आउने ? तसर्थ ग्रामीण पर्यटन, साँस्कृतिक पर्यटन , होमस्टेको विकल्प कदापि रेस्टुरेन्ट, बार हुन सक्दैनन् । ग्रामीण विकासको अवधारणा स्पष्ट र सहज छ । हामी स्थानीय लगानी, ज्ञान-सीप र स्रोतसाधनको भरपुर उपयोग गर्न सक्छौँ , राज्यले त केवल मध्यस्थता गरिदिए पुग्छ; अनि आधुनिक सभ्यताको मानक समृद्ध सहर होइन सम्वृद्ध गाउँ पनि हुन भनिदिए पुग्छ ।

प्रतिक्रिया

Facebook Comment