प्रकाश र मिनाको जोडी बने पहिलो ‘दोहोरी च्याम्पियन’


पोखरा, कार्तिक १३ । देशकै ठूलो दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकले जितेका छन् । शनिबार साँझ पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडी च्याम्पियन घोषित भए  ।  

उनीहरुले नगद २० लाख रुपैयाँ प्राप्त गरे । रिलायन्स लाइफ इन्स्युरेन्स कम्पनीबाट १ करोडको जीवन बिमा समेत हात पारे ।

यस्तै प्रतियोगितामा बालचन्द्र बराल र शोभा कार्कीको जोडी दोस्रो भए । उनीहरुले नगद १० लाख रुपैयाँ र रिलाइन्स लाइफ इन्स्युरेन्सको तर्फबाट ५० लाखको जीवन बिमा प्राप्त गरे । 

सबिन आचार्य र रिता राउत क्षेत्रीको जोडी तृतीय भए । उनीहरुले नगद ३ लाख हात पारे । राजेन्द्र पाठक र मिना नेपाल सन्त्वना स्थान प्राप्त गर्दै नगद २ लाख पाए । 



प्रतिक्रिया

Facebook Comment