वालिङ तिहार विशेषः सप्तक संगीत दीपावली साँझ–२०७८ हुने

कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।

‘सप्तक संगीत दीपावली साँझ–२०७८’ मा गायनतर्फ रुपक डोटेल र अग्सर अलीको विशेष प्रस्तुति रहनेछन् । कार्यक्रममा उपस्थित दर्शकलाई हाँस्यव्यंग्य कलाकार मेक्सम गौडेलले हसाउनेछन् । मोडल अस्मिता रणपालको उत्कृष्ट नृत्यहरु हुनेछन् भने कार्यक्रमलाई उदघोषण सुमन श्रेष्ठले गर्नेछन् । साथै वालिङका स्थानीय कलाकार र केन्द्रका कलाकारहरुको पनि प्रस्तुति रहनेछन् । 


कोभिड–१९ कहरले थिलिएको साँगीतिक बजारलाई चलायमन गराउन कार्यक्रम आयोजना गरिएको सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङका सञ्चालक देवराज गैह्रेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा सञ्चालक गैह्रेले भने, ‘कोरोना कहरले थलिएको साँगीतिक क्षेत्र र सुस्ताएका दर्शक–श्रोतालाई उत्साह थप्न कार्यक्रम आयोजना गरेका हौं । सप्तक संगीत दीपावली साँझ–२०७८ ले कलाकार, दर्शक र श्रोतालाई न्याय गर्नेछ ।’

कार्यक्रममा साहभागी दर्शकका लागि २ हजार रुपैयाँको टिकट राखिएको सञ्चालक गैह्रेले बताए । गैह्रेका अनुसार २ हजार रुपैयाँको टिकटले साँझ डिनर समेत पाउनेछन् । कार्यक्रममा २०० भन्दा बढी दर्शकको साहभागी रहने कार्यक्रमका लागि झण्डै ६ लाख खर्च हुने आयोजकले जनाएका छन् ।  

कार्यक्रमलाई गैह्रे ब्रदर्श अटो सेल्स, सन्तोषी अटो स्पेयर्स पार्टस, भुषाल अल्मुनियम एण्ड स्टील उद्योग, बलामीको वालिङ सुनचाँदी पसल, न्यू पौडेल फिड इण्डष्ट्रिज र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले प्रायोजन गरेका छन् । 


यस्तै टिकट प्रायोजक जय लक्ष्मी ट्रेडिङ वालिङ, सपोर्ट होटल प्रसाद र समृद्धि डिपार्टमेण्ट स्टोर र छपाई स्वीकृति आर्टस बयारघारीले गरेका छन् । डिनर पार्टनर रेड पिपर पार्टी प्यालेसको रहेको छ । 

यही बैशाखमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङको स्थापना भएको हो । केन्द्रले हाल वालिङ जैसीपँधेरा स्थित कार्यालयबाट गायन, नृत्य र संगीतको प्रशिक्षण दिँदै आइरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालनको अनुभवसँगै सञ्चालक गैह्रेले गृह नगरमा वालिङमा नमूना संगीत प्रक्षिण केन्द्र स्थापना गरेका हुन् । 


प्रतिक्रिया

Facebook Comment