भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । 

बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो हो सायद । पण्डित हुनु र संस्कृत पढ्नु अनिवर्या नै थियो । बुवा र काकासँग संस्कृत पढ्न पर्वत (ज्ञादी, बिहदी), तनहुँ (किहुँ) र पाल्पा (रामपुर)का मान्छेहरु आउथे । पढाई गुरुकुल शैलीको हुन्थ्यो । मैले पनि बुवासँग दुर्गा कवच, चण्डी आदि पढ्थे । 

दाईलाई वनारसमा आधुनिकताले छोएछ । घर आँउदा संस्कृत र पण्डित पेशा छोड्न बा’लाई सुझाव दिनुभयो । संस्कृत विषयको काम छैन, भाईहरुलाई स्कुल भर्ना गर्नुपर्छ­ दाईले बालाई भन्नुहन्थ्यो । औपचारिक शिक्षा पढाउन दाईले बाबालाई बराम्बार सम्झाउनुहुन्थ्यो । तर, बुवाले इन्कार गर्नुभयो । दाईको प्रेसरले बा’ले अन्ततः हामीलाई स्कुल भर्ना गर्नुभयो । म रणवीर मा.वि. खहरेमा कक्षा ३ मा भर्ना भए । किनकी मैले घरमै संस्कृत पढेको थियो । कक्षा ६ देखि पूर्णमृत भवानीमा पढेँ ।

परिवारमा शिक्षाको चेतनासँगै राजनीतिक चेतना पनि प्रवेश ग¥यो । कारण, दाई वनारमा पढ्नुहुन्थ्यो । वनारस त्यतिवेला शैक्षिक केन्द्र, गन्तव्य थियो । नेपालका हुदाँ खानेहरु वनारस पढ्न जान्थे । वनारस शैक्षिक केन्द्र मात्रै रहेन राजनीतिक केन्द्रको रुपमा पनि विकास हुदै गयो । नेपालमा राणा शासन फाल्ने आन्दोलनको शुरुवात वनारसबाट भएको हो । वनारस हुदै कलकत्ता, दिल्ली, विहारमा राजनीतिक आन्दोलन शुरु भयो । त्यही आन्दोलनले नेपालका राणाहरु फालिए । 


दाईले वनारसमा पढ्दा नेपाली काँग्रेसका नेता विपी कोइराला लगायतको सम्पर्कमा पुग्नुभएछ । त्यसैको प्रभावले २०२७ सालमा स्याङ्जा काण्ड घटे । शिवकुमार अधिकारी, मुक्तिप्रसाद काफ्ले, शिव अर्याल, हुमनाथ पौडेल, प्रेमनाथ अर्याल लगायत ३० जना साथीहरु त्यो काण्डमा मुछिए । तरुण पत्रिका पढेको र नागरिकहरुलाई पत्रिका पढ्न प्रोत्सहित गरिएको अरोपमा मुछिएका हुन् । दाई दोषी प्रमाणित भए । पछि भागेर वनारस जानुभयो । आमाले मदीखोला सम्म दाई छोड्न जानुभएको सम्झना अझै ताजा छ ।

मेरो केटाकेटी दिमाग । दाई किन भाग्नुप¥यो भन्ठाने । आमाले दाईले पढ्ने किताबहरु धानले पुरेर लुकाउनु भएको रहेछ । बिपी, जयप्रकाश नारायण, चन्द्र शेखर, विनुवा भाबेले लेखेका पुस्तकहरु रहेछन । लुकीलुकी पढ्न थाले । त्यही किताबले राजनीति चेतना ल्यायो । क्रान्तिकारी हैन, विद्रोही भएछु । 

२०२९ सालको नेविसंघको प्रथम अधिवेशनमा स्याङजाबाट प्रतिनिधित्व गरेँ । अधिवेशनले अध्यक्ष शेरबहादुर देउवा निर्वाचित गरे । अधिवेशनपछि पञ्चायति व्यवस्थाको विरुद्दमा आवाज बुलन्द पार्दै गए । औपचारिक रुपमा २०३० सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य पाएँ । पार्टीमा भूमिगत जीवन शुरु भयोे । र, भूमिगत भए । तत्कालिन पार्टी सभापति धनप्रसाद गुरुङलाई राजा महेन्द्रले नवलपरासीको पालडाँडामा जग्गा दिएको रहेछ । त्यतिबेला राजनीतिमा पीडितहरुलाई सरकारले जग्गा दिने चलन थियो । पार्टीको बेला–बेला बैठक बस्नुपथ्र्यो । बैठक बस्ने सुचना दिन म नवलपरासी पुग्थँे । राजनीतिक रुपमा परिचित भएका मानिसलाई पुलिसले समाउथे । त्यसैले म नयाँ मान्छे जान्थे । पार्टीको बैठक अति गौप्य बस्नुपथ्र्यो । थाहा पाए पुलिसले समाउँथे । मुद्धा खेप्नुपथ्र्यो । त्यही क्रममा पूर्व प्रधान न्यायाधीश गोपल पराजुलीसँग पनि परिचय भो । तर अहिले बिर्से होलान् । 

२०३२ साल स्याङजामा २७ वटा माध्यमिक विद्यालय मात्र थियो । सबै विद्यालयमा नेविसंघको प्रारम्भिक कमिटी थियो । अहिले जस्तो सजिलो गरी पार्टी सदस्यता पाउँथेन । अहिले पैसाले पनि सदस्यता किन्न पाउँछन । त्यतिबेला नेपाली कांग्रेसको सदस्यता पाउन ब्लड साइन चाहिन्थ्यो । जस्ले पार्टीको गोपनियता  भंग गर्दैन उस्लाई बल्ल साधारण सदस्यता दिइन्थ्यो । त्यो पनि कोर टिमले । पछि केही परिमार्जन गरियो । गोपनियताको सपथ खुवाएर दिन थाले ।

२०३६मा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार ७ नम्बर इलाकाको सुकौर्दीबाट शुरु भयो । म आफै संयोजक थिए । ८ नम्बरको संयोजक सुर्यप्रसाद रेग्मी । वहाँले ७ र ८ को प्रचार–प्रसार अभियान सँगै गर्ने अनुरोध गर्नुभयो । मैले स्वीकार्य । प्रचार–प्रसारको पहिलो अभियान वर्तमान मेयर दिलीपप्रताप खाँण घरबाट शुरु भयो । हामीले वहाँका मुवासँग भन्यौंैं ‘तपाइको परिवारमा ऐतिहासिक पृष्ठभूमि छ, तपाईका छोराहरु हामीलाई दिनुस् ।’ अहिले वहाँका परिवारका सम्पुर्णका सदस्यहरु नेपाली कांग्रेसमा आस्था राख्नुहन्छ ।

हामी जनमत संग्रहमा थियौं । दाल, चामल, आलु, गुन्द्रुक, माइक, स्टिकर, स्पीकर, पर्चा, पम्प्लेट, एम्फ्लीफयर र ब्याट्री बोकेर हिड्यौं । पहिलो बास माथिल्लो पेखु धन बहादुर थापाको घरमा बस्यौं । वहाँलाई ठुले थापा भनेर चिन्थ्यौं । वहाँले हामीले लगेको पर्चा, पम्प्लेट सबै गाँउलेलाई बाँड्नुभयो । हामी थुमपोखरा झ¥यौं । टिकाराम डुम्रेलाई पर्चा पम्प्लेट दिएर सिर्सेकोट लाग्यौं । 


सिर्सेकोटको प्रधानपञ्च श्रीमान गुरुङले गाँउमा बहुदललाई प्रवेश निषेधको उर्दी जारी गर्नुभएको रहेछ । गाँउलेलाई दिनभर बहुदलको बारेमा बुझायौं । निलोमा भोट हाल्न अनुरोध ग¥यौं । हामी बहुदलको प्रचारमा आएका हौं भन्दा मान्छेहरु ढोका लाएर भित्र बसे । राजनीतिक कुरा सँगसँगै बास पनि माग्यौं । बास पाइएन । घरहरु सक्न थाले । सायद दुई घर बाँकी हुँदो हो । दुई घर बाँकी छँदा बास मिल्यो । त्यस घरमा बुढी हजुरआमा र नाती बस्दो रहेछ । ‘हामी बहुदलको प्रचार गर्न आएका हौं’–भनेपछि बुढी आमा डराउनुभयो । आमालाई बहुदल नराम्रो भन्ने परेछ । कसैले भरेछ । 

तर, सात कक्षामा पढ्ने नातीलाई बहुदल बारे थाहा रहेछ । नातीले गुरुङ भाषामा बहुदल बुझाए । अन्ततः बास मिल्यो । हामीसँगको चामल पकायौं । भाइले हामी संगै खाना पनि खाए । बहुदलीय व्यवस्थामा लागे भाई पनि ! हामीले प्रतिबन्धित नेपाली कांग्रेस शब्द राखेर प्रचार–प्रसारमा लाग्यौं । अग्लो डाँडामा गएर उनले भने, ‘बहुदलीय भोट हाल्नुस आफ्नो बालबच्चाको भविष्य सुनिश्चि गर्नुस ।’

२०३६ सालको विद्यार्थी आन्दोलनमा सरकारले मेरो टाउकोको मुल्य तोक्यो । जिउँदो वा मरेकालाई पचास हजारको इनाम घोषण भयो । पर्चा पम्प्लेट छ्यापछ्याप्ती भयो । भाग्यले साथ दियो । बाँचियो ! पञ्चायति प्रहरीसँग मुठभेड भयो । तर बाँचे । मण्डलेलाई भौतिक कार्वाही गर्न पनि पछि चुकेन । सरकारले झन म माथि निगारानी बढायो । २०३७ सालको जनमत संग्रहपछि मिर्दी पुलबाट गिरफ्तारमा परँे । पोखराबाट एससपीको टोली आएको रहेछ । सात महिना पोखरा कारागारमा बसेँ । पुलिसको भ्यानमा राखेर वडा प्रहरी कार्यालय भकुण्डे लागियो । भकुण्डेमा राख्न डरायो । स्याङजा पठायो । मेरो भाग्य ठुलो । नुनचुक लगाउँछु भन्ने सिडियो साप त्यही दिन काठमाण्डौं जानुभएको रहेछ । स्याङजा पनि राख्न डराए । म मस्ट वाण्टेट सुचीमा थिए । स्याङ्जाबाट फेरी पोखरा लगियो । नौडाँडा पुग्दा पुलिसले भाग भन मलाई । मलाई थाहा थियो कि सरकारले काँग्रेस र कम्यूनिष्टहरुलाई जेल सार्द भागेको अरोपमा मार्थे । त्यसैले भागेन । पिसाब फेरेर आए । त्यो पुलिसले ट्वाल्ल पर्दै हेरिरह्यो । ३ बजे अञ्चलाधीस कार्यालयमा पुगियो । तत्कालिन अञ्चलाधीस रामचन्द्र बहादुर सिंहसँग भेट भयो । पढे लेखेको मान्छे हुनुहँुदोरहेछ । वहाँ सरस्वती क्याम्पस प्रमुख छोडेर आउनुभएको रहेछ । गल्याङ–मालुङ्गा, केवरे, दरौं र स्याङजाको गोली काण्डको घट्नाबारेमा २ घण्टा सोधपुछ भयोे । जानकारीमा भएको सबै निर्धक्क भने ।

असार महिनामा जेल जीवन शुरु भयो । म जानुभन्दा ३ दिन पहिला वामदेव गौतमलाई पाल्पा जेल चलन भएको रहेछ । जेलमा लम्जुङका रामचन्द्र वास्तोला र तनहुँ केशव वाग्ले । केशव हात हातियार, रामचन्द्र लम्जुङको जेल फोरेको र मलाई शान्ति सुरक्षा खलल पु¥याएको अरोपमा जेलमा थुनियो । हामीले झेलभित्र कारागार सुधारको योजना ल्यायौं । पिउनेपानी, रेडियो सुन्न र पत्रपात्रिका पढ्न पाउनुपर्छ भन्ने बारे । कुहीएको चामलको विरोध गरे, सम्बोधन भयो । जेलमा राजनीतिक चेतना पनि फैलाए । जेल सुधार अभियन्ता बने । 

२०३७ असोज १३ गते जेल मुक्त भए । दशैंको घटस्थापनाको चौथी थियो । अञ्चलाधीसले मलाई एक हातले इन्सिपेक्टर नियुक्ति, अर्का हातले कांग्रेसको क्रियाशिल सदस्यता त्याग्न लगाउनुभयो । इन्सिपेक्टर होइन, पार्टी रोजेँ । गोधूली साँझ । झमक्क साँझ प¥यो । खल्तीमा जम्मा सात रुपैयाँ । पोखरामा बस्न–खाना पनि पुग्दैनथ्यो । वालिङ झर्न १५ रुपैयाँ भाडा लाग्यो । महेन्द्रपुल तीर्थबहादुर सापकोटाको घरतिर हानिए । २०५ सालमा पोखरा प्रहरी हिरासतमा संगै बसेको साथी । वहाँसँग राम्रो चिनजान थियो । माया गर्नुहुन्थ्यो । भोलिपल्ट मलाई ५० रुपैयाँ  दिनुभयो । घर आए । 

धेरै अरोह–अवरोह पार गरे जीवनको । नेपालमा जनमत संग्रह भयो । बहुदलीय व्यवस्थामा हा¥यो । मनमोहन, बिपी, गणेशमान, कृष्णप्रसाद भट्टाराई नेपाल फर्किनुभयो । राजनीतिक कार्यक्रमहरु गर्न केही खुकुलो भयो । प्रतिबन्धित नेपाली काँग्रेस शब्द राखेर सभा सम्मेलन राख्यौं । पञ्चायत रोक्थे । झनै तीब्र प¥यौं । रामराजा सिहँले बामकाण्डहरु गर्न थाले । हामीले शंका ग¥यो शान्तिपुर्ण आन्दोलनमा पञ्चायति घुसपैठ त होइन ? केही पछाडी स¥यो । आन्दोलन स्थागित भयो । 

२०४६ माघ ६ गते गणेशमानको क्षेत्रपाटी घरमा जनआन्दोलन सम्मेलन आयोजना भयो । देशविदेशबाट नेपालको प्रजातान्त्रिक आन्दोलनलाई माया र सहयोग गर्ने विदेशी पहुना साहभागी भएका थिए । चन्द्र शेखर, सुरजित सिंह बर्नाला लगायतका नेताहरु आएका थिए । एमाले र काँग्रेसले वार की पारको आन्दोलन चर्काए । अन्ततः सरकारले घुँडा टेक्यो । २०४६ चैत २६ गते नेपालमा बहुदल आयो । पञ्चायती साथीहरु कोही काँग्रेस, कोही कम्यूनिष्ट भए । 

बहुदलपछि जिल्लाव्यापी दौडाह भो । साविक ६८ ओटा गाविसमा संगठन विस्तारमा निस्के । नेपाली काँग्रेसको विचारसँग धेरै नागरिक सहमत भयो । आवद्ध हुनभयो । साधारण र क्रियाशिल सदस्यता लिए । २०४८ संसदीय निर्वाचन काँग्रेसले ४ सिट जित्यो । २०४९ सालमा वालिङ गाविसका अध्यक्षमा निर्वाचित भए । मेरै कार्यकालमा वालिङलाई नगरपालिका बनाउने प्रस्ताव भयो । नगरपालिकालाई आवश्यक पर्ने जनसंख्याको व्यवस्थापनमा लागे । भौतिक पूर्वाधारको विकास गर्न थाले । केही कागजी रुपमा मात्र । २०५४ सालमा म वालिङ नगरपालिकाको प्रथम जननिर्वाचित प्रमुख भए । 

द्वन्दकालमा धेरै दुःख खेपेँ । माओवादीले युद्द शुरु गर्दा ठिकै लाग्थ्यो । अहिले त्यो सत्य सवित भएन । युद्द अन्त्य भयो, परिवर्तन भएन । समुल रुपमा जुन कुरा अन्त्य हुनु पथ्र्यो त्यो भएन । प्रगतिशिल समाज रुपान्तरणको नाममा हजारौले ज्यान गुमाए, अंगभंग भए, अनाथ–टुहुरो भए, बिदुर, बिधुवा भए । नेतृत्वले बिर्से ।

नगरपालिका भैसकेपछि धेरै चुनौतीहरु आए । आफु बस्ने कुर्सी समेत आफैले किने । भौतिक पूर्वाधारहरु विकासको प्रमुख चुनौती थियो । सरसफाई र पिउनेपानी पनि । मेरो कार्यकालमा हैजाले महामारी लियो । स्वच्छ र स्वस्थ खानेपानीको व्यवस्था गरे । योजना पारे । दुर्भाग्यवश योजना बिफल गर्न विभिन्न तत्वहरु लागे । अहिले वालिङ सबैको केन्द्र बिन्दु बनेको छ । स्मार्ट सिटीको अवधारणमा अगाडी बढेको छ । अब राजनीतिक भन्दा पनि आर्थिक परिवर्तन जरुरी छ । राजनीतिक लडाई २०७२ को संविधानबाट समाप्त भएको छ । अबको लडाई आर्थिक लडाई हो । यो निष्ठा राजनीतिसँग जोडिन्छ । 

यहाँको जनप्रतिनिधिमा आर्थिक इमान्दारिता, सही योजनाको छनौट र ढृढ इच्छा शक्तिले वालिङ स्मार्ट भिलेज र स्मार्ट सिटी बन्छ । राजनीति प्रतिबद्दताको खाँचो छ । जनतालाई केन्द्रमा राखेर हिड्यौं भने नगर समृद्द बन्छ । 

उमेरले ६ दशक नाघेका अर्यालका श्रीमती, दुई छोरा र छोरी छन् । वालिङ नगरपालिकाका पूर्व मेयर, नेपाली कांग्रेस महासमिति सदस्य भैसकेका अर्याल आसान्न नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं.२बाट महाधिवेशन प्रतिनिधिमा भिड्दैछन् । 

वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्यालसँगको संवादमा दृष्टि लाइभका सम्पादक मोहन गुरुङले तयार गरिएको लेख । 



प्रतिक्रिया

Facebook Comment