हरिनासका काँग्रेस वडा सचिव क्षेत्री एमाले प्रवेश

स्याङ्जा, माघ २९ । हरिनास गाउँपालिका वडा ७ नेपाली काँग्रेस कार्य समितिका वडा सचिव लक्ष्मण क्षेत्री नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार नेकपा (एमाले) हरिनास गाउँ कमिटीको विस्तारित बैठकमा सचिव क्षेत्रीले पार्टी प्रवेश गरेका हुन् । 

उनलाई हरिनास गाउँ कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर र उपाध्यक्ष झन माया पराजुलीले पार्टी प्रवेश गराएका हुन् । 

नेकपा (एमाले)को विचार, सिद्धान्त र मार्गदर्शनसँग प्रभावित भएर आफूले पार्टी प्रवेश गरेको क्षेत्रीले बताए । आगामी दिनमा एमालेको पार्टी र संगठनको हितमा आफ्नो बाँकी जीवन समर्पण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

Facebook Comment