वालिङ र वालिङवासीको सेवक बन्नेछु–कृष्ण खाँण

स्याङ्जा, जेठ ७ । वालिङका नवनिर्वाचित मेयर कृष्ण खाँणले आफू सधै वालिङ र वालिङवासीको सेवक बन्ने प्रतिबद्धता जनाएको छ । शनिबार नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङद्वारा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै खाँणले भने, ‘जनप्रतिनिधि शासक होइन, सेवक हो भन्ने उदाहरण बन्नेछु । वालिङवासीको सच्चा सेवक भएर पाँच वर्ष पुरा गर्नेछु ।’

नगरवासीले आफू र आफ्नो पार्टी एमालेप्रति गरिएको आशा, भरोसा र विश्वासलाई कहिल्यै टुट्न नदिने खाँणले बताए । निर्वाचन मतको मात्रै नभई मन दिने संग्रह भएको उल्लेख गर्दै कसैको भावना विपरीत आफू नलाग्ने समेत उनले बताए । ‘मेरो र पार्टीको जितमा करिब ५२ हजार नगरवासीको निरन्तर मेहेनत, साथ, सहयोग र आर्शिवाद जोडिएको छ,’ उनले भने, ‘अब मेयरसाप होइन, हिजो जस्तै कृष्ण खाँण भएर काम गर्नुछ ।’

कार्यक्रममा निर्वाचन अवधिरभर अहोरात्र खटिनुहुने पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, सम्पर्क कमिटी, जिल्ला कमिटी, सम्पर्क मञ्च, नगर कमिटी, वडा कमिटी, टोल कमिटी र जनवर्गीय सङ्गठनका विभिन्न कमिटीहरुको विभिन्न जिम्मेवारी रहनुहुने अग्रज नेता, आमकार्यकर्ता, सुरक्षाकर्मी, निर्वाचन कर्मचारी, नगरपालिका रहेका विभिन्न युवा क्लब, आमा समूह, नागरिक मञ्च, बुद्धिजीवी वर्ग एवम् पत्रकारहरुमा उनले धन्यवाद एवम् आभार व्यक्त गरे । 

प्रतिक्रिया

Facebook Comment