पदभार ग्रहण गर्दै वालिङका नगर प्रमुख खाँणले गरे दुई 'जनमुखी' निर्णय

स्याङ्जा, जेठ ९ । वालिङ नगरपालिकाका प्रमुख र उपप्रमुखले सोमबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुख कृष्ण खाँण र उपप्रमुख कविता तिवारीले सोमबार बिहान ९ः३० बजे औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । 

पदभार कार्यक्रमको अवसरमा नगर प्रमुख खाँणले गह्रौं अस्पताल वालिङमा १ वर्षभित्र ‘सिएस’ अर्थात ‘सिजारियान् सेक्सन’ सेवाको स्थापना गरिने निर्णय गरिएको छ । ‘सिएस’ सेवा भनेको नर्मल ‘डेलिभरी’ हुन नसकेका महिलाहरुका लागि अपरेशन गरी बच्चा जन्माउने सेवा हो । वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउन बाध्य छन् । 

यस्तै वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्त्तरोन्नति गरिने निर्णय गरिएको छ । डाँडाखर्कमा गत बैशाख ४ गते जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए । दुर्घटनामा सात महिना बच्चा र आमाको मृत्यु भएको थियो । 

यसैगरी ३० गते निर्वाचनका दिन मतदाता बोकेको जीप अर्खलबासमा दुर्घटना हुँदा एक गर्भवती सहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना ९ जना घाइते भएका थिए । घाइतेहरुको उपचार भइरहेको छ । 


प्रतिक्रिया

Facebook Comment