रोटरी क्लब वालिङद्वारा जेठ १४ गते रक्तदानको आयोजना

स्याङ्जा, जेठ १२ । रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष युवराज पाठकले जनाएको छ ।

निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार–प्रसार, मतगणना, विजयी ¥यालीलगायत निर्वाचनका कार्यक्रमहरुमा सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम संचालन हुन सकिरहेको छैन । रगतको अभाव भईरहेका विषम परिस्थतिमा धेरै भन्दा धेरै रक्त संकलन गरी अस्पतालमा मृत्युसंग लडिरहनुभएका विरामीहरुलाई पुर्नजीवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका सीता पाण्डेले जानकारी दिइन् ।

सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित पूुलबारीमा निःशुल्क डायलाइसिस् सेवा प्रदान गरिहेको छ । डायलाइसिस् सेन्टरमा दुई चरणमा ३७ जनाले निःशुल्क डायलाइसिस् गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङजाका मुटुरोगीले सेवा लिईरहेका छन । 

प्रतिक्रिया

Facebook Comment