साहारा विहीन बालबालिकाको बिचल्ली

बाजुरा, असार १० गते । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा, स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका बालबालिका सहाराको खोजीमा रहेका छन् ।

अर्कोको घरमा काम गरी पेटको गुजारा गर्दै आएका ती हलिया परिवारका छोराछोरी विद्यालय जाने त परैको कुरा साँझविहान छाक टार्न समेत समस्या भएपछि उनीहरु अहिले विभिन्न निकायमा सहाराको खोजी गर्ने गरेका छन् । 

जगनाथ गाउँपालिका– ३ की किणी विकले पुस्तौदेखि अहिलेसम्म आफु अर्कैको घरमा हलिया बसेर छोराछोरीको पेट पाल्दै आएकी थिइन  । अहिले केही वर्ष यता गाउँमा हलिया मुक्तीको नारा लगाउन सुरु भयो त्यो डरले साहुले घरबाट निकाले पछि छोराछोरीलाई पालन पोषण गर्न समस्या भएको उहाँले बताउनुभयो ।

बस्ने घर छैन, ती हलिया परिवारका बालबालिकाहरुको अवस्था निकै दयनीय रहेको छ । गाउँमा अन्य परिवारका बालबालिकाहरुले विद्यालयमा पढ्दै गरेका भएपनि हलिया परिवारका बालवालिकाको पढ्नबाट समेत बञ्चित हुँदै आएको  छ । यी हलियाका बालबालिका विद्यालय जाने इच्छा भएपनि आर्थिक स्थिति निकै दयनीय भएका कारण उनीहरु पढाइ वञ्चित हुँदै आएको हो ।

कतीपय हलियाका बालबालिका एक दुइ कक्षाबाटै पढाइ छोडेर भारतमा जान थालेका छन् । जगनाथ गाउँपालिका ३ का हलिया पवित्रा विकका छोरा रमेश विकले आफ्नो पढ्ने मन छ तर छाक टार्न कामको खोजीमा भारत जान बाध्य भएको बताउनुभयो ।

हलिया परिवारका बालवालिकाहरुका लागि गाउँमा विद्यालयको व्यवस्था हुनु पर्ने हलियाको परिचय पत्रमा उल्लेख गरिएको छ । तर अहिले गाउँमा विद्यालय नहुँदा हलियाका हजारौ बालबालिका पढाइबाट वञ्चित हुँदै आएको विनिता विकले बताउनुभयो ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । यो समस्या त रमेश विकको मात्र होइन बाजुराका सबै हलिया घरपरिवारका झण्डै दुई हजार भन्दाबढी बालबालिकाको पीडा पनि उस्तै छ ।

सरकारकी तथा गैरसरकारी सस्थाले हलिया मुक्तीको नारा त ल्यायो तर अहिले सम्म केही सुविधा दिएन । हामी पुस्तौ देखि अहिले सम्म साहुको घरमा बसेर त पेट पाल्दै आएका थियौ उहाँले भन्नुभयो । संस्थाले लगाएको त्यो नाराको डरले हामीलाई साहुले घरबाट निकाल  दियो । अहिले हामी विचल्ली भयौ हलिया परिवारको दुखेको छ ।

स्वामिकार्तिक जगनाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा बस्दै आएका हजारौ हलिया परिवारका सयौ भन्दौ बढी आमाबुवा गुमाएका बालवालिकाहरु छन् । ती आमा बुवा गुमाएका बालवालिकाहरुको पालन पोषण शिक्षा स्वास्थ्यमा सहयोग गरिदिनका लागि विभिन्न निकायमा पहल गर्दै आएको शहिद प्रतिष्ठान बाजुराका अध्यक्ष विनिता विकले बताए । 

सहाराको खोजीमा रहेका जगनाथ गाउँपालिका ३ हलिया परिवारका बालवालिका । तस्बिर: शेरबहादुर सार्की

प्रतिक्रिया

Facebook Comment