गल्याङ नगरपालिकाको कूल बजेट ८६ करोड ५६ लाख

असार २२ गते । स्याङ्जाको गल्याङ नगरपालिकामा आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ । असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित गरेको हो । 

बैठकमा नगरसभाका अध्यक्ष एवम् गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जनतालाई केन्द्रमा राखेर आगामि आर्थिक बर्षको बजेट कार्यान्वयन गर्नुपर्ने बताए । उनले गल्याङ नगरपालिकालाई समृद्धिमा लैजाने गरी बजेट तयार पारिएको भन्दै जनताका आकांक्षाहरु क्रमशः पुरा गर्दै जानुपर्नेमा जोड दिए । 

नगरसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख भट्टराईले भने। ‘नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी बजेट आएको छ, सबै मिलेर यसको सही कार्यान्वयन गर्नुपर्छ ।’ जनताका आकांक्षा पुरा गर्नका लागि एक मिनेट पनि समय खेर फाल्न नहुने भन्दै उनले तोकिएका योजनाहरुलाई सही रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । 

नगरप्रमुख भट्टराईले सम्मुनत नगर बनाउनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने भन्दै जनप्रतिनिधिहरु अझै बढि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

बैठकमा नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट पेश गरेकी थिइन् । जसमध्ये ३७ करोड १० लाख रुपैंयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने बाँकी ४९ करोड ४६ लाख ४२ हजार नगरपालिकाको बजेट रहेको छ । चालु तर्फ १५ करोड ३७ लाख २७ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ । आगामी आर्थिक न्यौपानेले पेश गरेकी आगामी आर्थिक वर्षको सो बजेट सर्वसम्मत पारित पारित भएको छ । 

प्रतिक्रिया

Facebook Comment